२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

सोमवार , आश्विन १९, २०८३

  • 529
    Shares
  • 529
    Shares
  • भैरहवा, १९ असोज । जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच लुम्बिनी प्रदेश समितिको पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ । आइतबार कपिलवस्तुमा भएको कार्यक्रमबाट रुपन्देहीका राम अवतार यादवको अध्यक्षमा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    पार्टीको प्रदेश उपाध्यक्षमा नगेन्द्र अग्रहरी (पश्चिम नवलपरासी), सुशीला यादव (रुपन्देही), बाबु खाँ पठान (बाँके), अरविन्द शर्मा (बाँके), चन्द्रधामा हरिजन (पश्चिम नवलपरासी) र शिवपुजन यादव (कपिलवस्तु) रहनुभएको छ ।

    त्यस्तै मुख्य सचिवमा शिव कुमार चौधरी (दाङ), सचिवमा मोहम्मद अली फकिर (रुपन्देही), सुनिल पटवा (पश्चिम नवलपरासी), इनामूल्ला फकिर (रुपन्देही), निरु गैरे (पश्चिम नवलपरासी), निरु गैरे (पश्चिम नवलपरासी), सुमित्रा थारु (बर्दिया), रामरेखा यादव (कपिलवस्तु) र कोषाध्यक्षमा नसिम अख्तर (रुपन्देही) रहनुभएको छ ।