२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

देशको रूपान्तरणलाई दिगो बनाउने : प्रधानमन्त्री ओली

बुधवार , श्रावण १४, २०८२

  • 910
    Shares
  • 910
    Shares
  • काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालको अन्तराष्ट्रिय छवि थप उच्च हुने बताउनुभएको छ । 

    बुधबार राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमाथि भएको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाल अर्को बर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने भन्दै यसले अन्तराष्ट्रिय छवि थप उच्च हुने र नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने बताउनुभएको हो ।

    उहाले नेपालले सन् २०१० देखि नैं आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएकोमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई आगामी बर्ष मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवसर आएको जिकिर गर्नुभयो । यसमा विगतको १५औ योजना र चालु १६औ योजनाले लिएका लक्ष्य सम्वृद नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतीजा देखापर्न थालेको उहाले बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा कटौति हुने अवस्था रहेको जानकारी दिनुभयो । यहि परिस्थितिको आंकलन गरेर नेपालले गत बर्षदेखि नै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय कुटनैतिक पहल गरिरहेको उहाले बताउनुभयो ।

    उहाले मुलुकको आर्थिक सुचांक सकारात्मक हुदै गएको भन्दै अर्को बर्ष नेपाल ग्रे लिष्टबाट निस्कने जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दोहराउनुभयो । भ्रष्टाचार गर्ने कोहिलाई नछाड्ने उहाले बताउनुभयो । 

    प्रधानमन्त्री ओलीले स्तरोन्नतिलाई दिगो बनाई राख्न केहि कानुन खारेज गर्ने, केहि संशोधन गर्ने र केहि कानुन नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको उहाले बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको समेत उल्लेख गर्नुभयो ।