२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

मत गुमाएपनि मुख्यमन्त्री पद नछाड्ने : बहादुर सिंह लामा

मंगलवार , श्रावण १३, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १३ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास मत गुमाउनुभएको छ । 

    मंगलबार हेटौडास्थीत कांग्रेस संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्तावमाथि भएको छलफलपछि  गरिएको मत बिभाजनमा अविश्वासको प्रस्तावको पक्षमा २२ र प्रस्तावको बिपक्षमा १५ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । यसअघि साउन ९ गते लामा बिरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव पारित भएसंगै लामाले संसदीय दलको हैसियत गुमाउनुभएको छ ।

    संसदीय दलमा विश्वासको मत गुमाएपनि बहादुर सिंह लामाले आफुले बागमती प्रदेशको मुख्यमन्त्री पद नछाड्ने बताउनुभयो । संसदीय दलको नयाँ नेता चयनका लागि आफुले दलभित्र छलफल गर्ने उहाले बताउनुभयो । उहाले बागमति प्रदेश सरकार गठबन्धनमा आधारित रहेकाले सरकार र संसदीय दल फरक–फरक बिषय भएको धारणा राख्नुभयो । मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्ने आवश्यकता नरहेको उहाको भनाइ छ ।

    त्यस्तै काग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले संसदीय दलको नेताको हैसियतले लामा मुख्यमन्त्री बनेकाले विश्वास मत गुमाएपछि नैतिकताका आधारमा मार्गप्रसस्त गर्न सुझाव दिनुभयो । 

    उहाले कांग्रेसले अब प्रक्रिया सुरु गरेर दलको नेता चयन गर्ने जानकारी दिनुभयो ।