२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

बसडिलवा टोल विकास संस्थाको वार्षिक भेला सम्पन्न

मंगलवार , श्रावण १३, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १३ साउन । स्थानीय विकासका लागि समर्पित वसडिलवा टोल विकास संस्थाले शनिबार आफ्नो आर्थिक आम्दानी र खर्च विवरण सार्वजनिक गर्दै वार्षिक भेला सम्पन्न गरेको छ।

    यो भेला मायादेवी गाउँपालिका वडा नं। ८ स्थित श्री जनचेतना माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष कुल प्रसाद काफ्लेले विगत आर्थिक वर्षमा प्राप्त अनुदान र आम्दानी स्रोत तथा त्यसको सदुपयोगबारे सहभागीहरूलाई जानकारी गराए ।

    सचिव अम्मर बहादुर कुँवरले विभिन्न विकास परियोजनाहरूमा खर्च गरिएको विवरण विस्तृत रूपमा प्रस्तुत गर्दै पारदर्शिता र जवाफदेहिता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथिमायादेवी गाउँपालिका वडा नं। ८ का अध्यक्ष चोक बहादुर थापाले भने, “वार्षिक रूपमा आर्थिक विवरण सार्वजनिक गर्ने परम्पराले स्थानीय तह र समुदायबीचको विश्वास बलियो बनाउँछ र विकास कार्यमा गति ल्याउँछ ।”

    विशिष्ट अतिथि वडा सदस्य लक्ष्मण अर्यालले संस्थाको सक्रियता र पारदर्शितालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न आग्रह गरे। शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपानेले पनि टोल विकास संस्थालाई समर्थन गर्दै साझा प्रयासबाट स्थानीय विकासलाई अघि बढाउनुपर्ने बताए ।

    कार्यक्रममा सहभागीहरूबाट विभिन्न सुझाव तथा प्रतिक्रिया संकलन गरी संस्थालाई अझ मजबुत बनाउने उपायमा छलफल गरिएको
     थियो । यस प्रकारको आर्थिक भेला स्थानीय विकास संस्थाको पारदर्शिता र दायित्वप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ ।