२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँ : प्रधानमन्त्री ओली

सोमवार , आषाढ २३, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताउनुभएको छ ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भुमिका खेलेको बतउानु भयो । 

    प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेका छौँ । एक ढंगले नेतृत्वदायी भुमिकासमेत खेलेका छौँ ।’
    प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताउनु भयो ।