२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लियो सिद्धार्थनगर प्रोग्रेसिभको अध्यक्षमा सागर न्यौपाने

आइतवार , आषाढ २२, २०८२

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा, २२ असार । लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको पद हस्तान्तरण तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिकास्थित नुवाकोटमा भएको कार्यक्रमले वर्ष २०२५/०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । 

    सागर न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको क्लबको सह–सचिव के.एल. पाण्डेले जानकारी दिनुभयो । 

    क्लबको प्रथम उपाध्यक्षमा मिलन पौडेल, द्वितीय उपाध्यक्षमा मनिषा कार्की, तृतीय उपाध्यक्षमा सुनिल खनाल, सचिवमा कमल घिमिरे, सह–सचिवमा के.एल. पाण्डे, कोषाध्यक्षमा संगम ज्ञवाली, सह–कोषाध्यक्षमा शिल्पा पोखरेल, जनसम्पर्क अधिकारी (पीआरओ) मा गोविन्द यादव, टेल ट्वीष्टरमा राहुल नाउ र डाइरेक्टरमा सुमित पौडेल रहनुभएको छ ।

    क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष श्रवण कुमार कार्की (भरत) को अध्यक्षतामा भएको कार्यक्रममा लियो डिष्ट्रिक प्रेसिडेण्ट श्रद्धा कुँवर, लियो सिद्धार्थनगर प्रोग्रेसिभका पूर्वअध्यक्ष विवेक भण्डारी, क्लबका सल्लाहकार सरोज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।