
बुधवार , श्रावण २८, २०७७
बुटवल, २८ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लब बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सले बुधबार बुटवलको बिभिन्न स्थानमा संयुक्त रुपमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम र सतर्कताको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको महामारीको बेला सर्वसाधारणहरुमा सचेतना स्वरुप माक्स, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको क्लबले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि नियमित रुपमा हात धुनुको विकल्प नभएको भन्दै क्लबले बुटवल सुन्दरनगर टोलको प्रत्येक घरमा गएर माक्स, सेनिटाइजर र साबुन वितरण गरिएको लायन्स स्टार्सका संयोजक विश्वजीत कसौधनले बताए ।
कार्यक्रम बुटवलको ट्राफिक चोक, हस्पिटल लाइन, पुष्पलाल पार्क, मिलनचोक र राजमार्ग चौराहा लगायतका स्थानमा पैदलयात्री, साइकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा माक्स नलगाइकन हिंडेकाहरुको लागि जोखिम न्युनीकरण गर्न सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको लियो संयोजक रंञ्जित कसौधनले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया ४ का एरिया चिफ एम.जे.एफ. सन्दिप कसौधन, जोन चेयपर्सन एम.जे.एफ. एमएल पाण्डे, लायन्स स्टार्सका अध्यक्ष एमजेएफ शुसिल पाण्डे, लियो स्टार्सका अध्यक्ष दिनेश कुमार अग्रहरी लगायत क्लबका विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij