
शुक्रवार , आषाढ २०, २०८२
भैरहवा, २० असार । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले सातौं अवार्ड सेरोमोनी, पद हस्तान्तरण (हेण्डओभर-टेकओभर ) एण्ड लायन न्यू इयर इभ कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको पहिलो सत्रको अध्यक्षता सेन्टिनियलका अध्यक्ष खेम बहादुर कार्कीले गर्नुभएको थियो भने लायन्स इन्टरनेश्ननल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबका वर्ष २०२४/०२५ का अध्यक्ष खेम बहादुर कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्नुभएका सम्पुर्ण सहयोगीलाई मायाको चिनोले सम्मान गर्नुभएको थियो ।
पद हस्तान्तरण कार्यक्रम क्लबका संस्थापक अध्यक्ष ओम जैसीले गराउनुभएको थियो । जैसीले कोषाध्यक्ष लायन सुनिता खातीको कोषाध्यक्षको चेन नयाँ कोषाध्यक्ष सुरज भण्डारीलाई र सचिव मधुसुधन पाण्डेको सचिवको चेन नयाँ सचिव सिर्जना अधिकारी हस्तान्तरण गराउनुभएको थियो ।
क्लबका निवर्तमान अध्यक्ष भोजराज बस्यालले नोमिनेसन सेयरपर्सनको भूमिका खेल्दै नयाँ लायन वर्ष २०२५/२०२६ कार्यसमितिको नामावली सार्वजनिक गर्नुभएको थियो । क्लबको वर्ष २०२५/२०२६ का अध्यक्ष विपिन साहले स्थापनाकालदेखि नै सेवाको कार्यमा लागेको सेन्टिनियलले लायन्सको मूल मत्र ‘हामी सेवा गर्छौं’ भन्ने भावलाई अगाडि बढाउदै आएको बताउनुभयो ।
विगतमा गरेको सेवाको कार्य जस्तै आँखा शिविर, रक्तदान शिविर, वृक्षरोपण, शिक्षा क्षेत्रमा सहयोग, स्वास्थ्य शिविर जस्ता थुप्रै सेवाको कार्यहरुलाई यस वर्ष पनि फरक र पृथक ढंगले सञ्चालन गर्ने साहले बताउनुभयो ।
सेन्टिनियलका पूर्वअध्यक्ष दीपक कौशलले सम्मान कार्यक्रम अगाडि बढाउनुभएको थियो । सम्मान कार्यक्रममा सेन्टिनियलका पूर्वअध्यक्ष भोजराज बस्याल र क्लबका लायन धर्मेन्द्र चौधरीले हिरो अफ द लायन सेन्टिनियलको उपाधि प्राप्त गर्नुभएको थियो ।
सेन्टिनियलका गाइडिङ्ग लायन विनोद खरेलले बातावरण जोगाउन र सामाजिक कार्यमा तल्लिन भएका स्नेक मेनको नामले प्रख्यात व्यक्ति यमलाल भण्डारीको सम्मान कार्यक्रम अगाडि बढाउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट लायन्स इटरनेशनल डिस्ट्रिक ३२५ पी का निवर्तमान गभर्नर अर्जुनमान सैंजुले सेन्टिनियलले गर्दै आएको सेवाको कार्यहरुसहितका सामाजिक कार्यहरु प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले यस्ता सेवाको कार्यहरु निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि मल्टिपल डिष्ट्रिक मार्केटिङ्ग कोओर्डिनेटर पीडीजी अरुण प्रताप राणा, डिष्ट्रिकका प्रथम भाइस डिष्ट्रिक गभर्नर बलराम भट्टराई, द्वितीय भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्सको उद्देश्य भनेकै हामी सेवा गर्छाै भएको र सो उद्देश्यलाई अत्मसाथ गर्दै सेन्टिनियलले सिद्धार्थनगर सिटी हस्पिटलमा मृगौलाको डायलासिस गराइरहेका बिरामीहरुलाई चाहिने डाइट प्रत्येक दिन दिदै आइरहेको बताउनुभयो । उहाँले यो कार्यले गर्दा नै क्लबका विभिन्न लायनहरु सम्मानित भएको र आगामी दिनहरुमा पनि यस पुनित कार्यलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा साँस्कृति प्रस्तुति समेत रहेको लायन्स सिद्धार्थनगर सेन्टिनियलका पूर्वअध्यक्ष राजेन्द्र थापाले बताउनुभयो । कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष गणेश प्रसाद खनालको स्वागत, सुस्मा थापा क्षेत्रीको ध्वजा अभिवादन तथा मधुसुदन पाण्डे र सिर्जना अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij