२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

अन्तरदेशिय रोजगारी प्रवर्द्धनमा जोड : श्रममन्त्री भण्डारी

मंगलवार , आषाढ १७, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ ।

    मन्त्रालयमा मंगलवार वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको आधार मान्दै आएको पनि बताउनु भयो ।

    उहाँले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्नेकुरालाई ध्यान दिएर आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा मनाउने निर्णय गरिएको बताउनु भयो । रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई समेत समेटेर सरकार अघि बढेको बताउनु भयो ।

    मन्त्री भण्डारीले भन्नुभयो, ‘नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको वा अर्थतन्त्रको आधार मान्दै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्नुपर्छ भन्नेकुरालाई मध्यनजर गरेर आन्तरिक रोजगारीको निम्ति आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा मनाउने निर्णय गरेका छौँ । रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई हामीले सहकार्यगरेर रोजगारीका सम्भावनाहरु खेजि गरिरहेका छौँ ।’

    मन्त्री भण्डारीले विदेशबाट फर्किएका नागरिकको सीप र पुँजीलाई प्रयोग गरेर देशलाई समृद्ध बनाउनेतर्फ सरकार अघि बढेको बताउनु भयो ।