२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कुलिङ पिरियडमा भएको चलखेल क्षम्य छैनः शेखर कोईराला

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं, १७ असार ।नेपाली काँग्रेसका सांसद डा।शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताउनु भयो ।  संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको बताउनु भयो । गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।

कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी  व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ । 

सांसद कोईरालाले भन्नुभयो, ‘राजनीति केही छँदै छैन भनेपनि हुन्छ । हामी कति गन्धा खेल खेलिरहेका रहेछौँ भने तपाईंको संसदको समितिबाट सर्वसम्मतबाट पास हुन्छ । संसदमा आउँदा त्यहाँ हेरफेर हुन्छ । त्यो त सरासर भन्नुपर्दा अपराधिक काम हो । को दोषी हो त्यो भन्न सकिँदैन ।

तर जो पनि दोषी हुन्, तिनीहरुलाई कुनै पनि हालतले क्षम्य गर्न हुँदैन । यसरी गर्न थालियो भने देश कता जान्छ रु हामीले राजनीतिक गरिरहेका छैनौँ । राजनीति गर्ने क्रममा अलिकति पनि निष्ठावान भएको भए यस्तो काम हुँदैन थिए । गल्ती होइन यो अपराध हो । यो अपराध हो । संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, त्यसपछि टोलमटोल गर्ने । जसले गरेको भएपनि त्यो क्षम्य हुन सक्दैन । हामी त्यस अवस्थामा सांसदहरु छन् । हाम्रा पनि कमी कमजोरी छन् । हामी पढ्ने बानी त राख्दैनौँ । बाँड्ने क्रममा थपिएको हो की ।’

सांसद कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताउनु भयो । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको बताउनु भयो ।