२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाको नाममा ठगी गरेको प्रमाण पेश गर्न काँग्रेस सांसद खतिवडालाई रास्वपाको चुनौति

आइतवार , आषाढ १५, २०८२

काठमाडौं, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिनुभएको छ । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले उक्त कम्पनी आफ्नो नाममा रहेको भएपनि भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गर्नुभयो । उहाँले सांसद खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।

शनिवारको  सभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बैं रूपैयाँ असुल गरेको दाबी आरोप लगाउँदै छानविन गर्न माग गर्नुभएको थियो । अर्यालले भिजिट भिसाको नाममा भएको बदमासीविरुद्धको आन्दोलनबाट पछि नहट्ने पनि जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सभामुख महोदय कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी प¥यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । हाम्रो आन्दोलन जारी छ । निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ ।’

उहाँले मन्त्रीको पिए बसेर भिजिट भिसामार्फत तस्करी गरेर जेल बसेकाहरु समेत यही संसदमा रहेको टिप्पणी समेत गर्नुभयो ।