२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी मेट्रो सिटीद्वारा भदौ १ गतेसम्म यातायात सेवा बन्द

बुधवार , श्रावण २८, २०७७


बुटवल, २८ साउन । 
कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि लुम्बिनी मेट्रो सिटी प्रा.लि.ले  भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यातायात सेवा बन्द गरिएको प्रा.लि.ले जनाएको छ । 

प्रा.लि.का अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ती जारी गर्दै हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । 

‘नेपाल सरकारले गरेको एक सय बीस दिन लामो लकडाउन अन्त्य गरेसंगै सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो, तर अन्य ठूला यातायात व्यवसायीले सरकारसंग विभिन्न माग र शर्त राखेर सेवा सुचारु नगरेका बेला यस यात्रु वर्गलाई सुविधा दिन र संकटको समयमा सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य सुरक्षा मापदण्डहरु पूरा गरेर असार २८ गतेदेखि बुटवल–भैरहवा र बुटवल–बर्दघाटसम्म यातायात सेवा सुचारु गरेको थियौं, तर हाल आएर पुनः कोरोना संक्रमण दर बढ्दै गएको देखिएकाले आगामी भदौ १ गतेसम्म यस प्रा.लि.ले यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ’–विज्ञप्तिमा भनिएको छ–‘ यसबाट यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै भदौ १ गतेसम्मको अवस्थाको समीक्षा गरेर अर्को निर्णय लिइने सम्बन्धित यात्रु महानुभावमा जानकारी गराउँदछौं, यात्रु वर्गलाई गुणस्तरीय सेवा दिन यस प्रा.लि. सदैव कटिबद्ध छ ।’