२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी खेलकुद परिषद्ले गर्‍यो खेलाडी सम्मान

बुधवार , आषाढ ११, २०८२

  • 811
    Shares
  • 811
    Shares
  • दाङ, ११ असार । लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ । १ सय ४८ खेलाडी र १९ प्रशिक्षक गरी एक सय ६३ जनालाई बुधबार राप्ती उपत्यका (देउखुरी) मा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । 

    प्रदेश खेलकुद परिषद्को आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरेर हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिनुभयो । 

    विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हासिल गर्ने ८ जना खेलाडीलाई प्रतिव्यक्ति २ लाखको रुपैयाँको दरले सम्मान गरिएको छ । सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई २ जनालाई प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले सम्मान गरिएको छ । 

    त्यस्तै दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एकजना खेलाडीलाई १ लाख रुपैयाँले सम्मान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रतिव्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडीलाई १८ जनलाई प्रतिव्यक्ति २० हजार, कास्य पदक विजेता ४६ जनालाई प्रतिव्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रतिव्यक्ति २० हजार, समूहगत ईभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रतिव्यक्ति १२ हजार र समूहगत इभेन्टमा काश्य पदक विजेता १२ जनालाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ । 

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, कास्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार र टी–२० विश्व कप नेत्रहिन क्रिकेट प्रतियोगीतामा भाग लिएका चारजना खेलाडीलाईप्रति खेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको हो । 

    लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले खेलाडीहरुलाई सम्मान गरेर प्रदेशले हौसला थपेको बताउनुभयो ।