२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एसियन बुद्ध टी–१० क्रिकेट : होराइजन, टीम एभेन्जर्स र एसियन बुद्ध विजयी

आइतवार , आषाढ ८, २०८२

भैरहवा, ८ असार । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यू होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एसियन बुद्ध विजयी भएका छन्।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा न्यू होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले २ विकेटको क्षतिमा १ सय ४० रन बनायो । जवाफी ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनायो र हार व्यहोर्यो । होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भए ।

त्यस्तै दोस्रो खेलमा टीम एभेन्जर्सले साई ग्लोबल एकेडेमीलाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको टीम एभेन्जर्सले ६ विकेट गुमाएर ७८ रन बनायो । प्रतिउत्तरमा साई ग्लोबल ४० रन बनाउँदा अलआउट भयो । टीम एभेन्जर्सका शाहद अर्याल प्लेयर अफ द म्याच भए ।

त्यस्तै आजै भएको तेस्रो खेलमा एशियन बुद्धले बुटवल क्रिकेट क्लबलाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एशियन बुद्धले ६ विकेट गुमाएर १ सय १५ रन बनायो । जवाफमा बुटवलले २ विकेट गुमाएर ९१ रनमात्रै बनायो । खेलमा एसियन बुद्धका अभिशेष गौतम प्लेयर अफ द म्याच भए ।

WhatsApp Image 2025-06-22 at 9.06.08 PM.jpeg

प्रतियोगिता यही असार ९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजयी टिमले ८० हजार नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टीमलाई नगद १०–१० हजार प्रदान गरिने छ ।

आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एसियन बुद्ध होटल रहेको छ ।