२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अवैध माटो उत्खनन् गर्ने जेसीबी र ट्याक्टर नियन्त्रणमा

बिहिवार , जेठ २, २०८२

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, १ जेठ । अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुईवटा जेसीबी र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मझगाँवा, रुपन्देहीबाट खटिएको टोलीले बुधबार कोटहीमाई गाउँपालिका–१ बाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ना १ क ४३८० र लु १ क ६३५७ नम्बरको जेसीबी तथा लु ४ त ६२३३ र लु ४ त १७०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बताए ।

    नियन्त्रणमा लिइएका सवारीसाधनलाई बिहीबार कोटहीमाई गाउँपालिकाको कार्यालयमा पठाइएकोमा २ लाख २५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको डीएसपी कार्कीले जानकारी दिए ।