२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गोनहिया टोल सुरक्षा समिति गठन

शनिवार , बैशाख ६, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, ६ वैशाख । बढ्दो चोरी न्यूनीकरण गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का स्थानीय एकजुट भएका छन् । टोलमा चोरी लगायतका घटना रोक्न राजेश धवलको अध्यक्षतामा गोनहिया टोल सुरक्षा समिति गठन गरिएको छ ।

    समितिको उपाध्यक्षमा देव सिंह गुरुङ्ग, सचिवमा राधेश्याम विश्वकर्मा र कोषाध्यक्ष्माा मोहम्मद शमसेर रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहन गुरुङ्ग, रमेश गुप्ता, बाबुराम कहार, धनिराम चौधरी, अजय राजभर, दुर्गा बहादुर थापा र झिनक चौधरी रहेका छन् । सल्लाहकारमा बसन्त प्रसाद भट्टराई, सन्तोष रायमाझी, राम मिलन यादव, विवेक पौडेल, बुद्धिसागर तेली, फणिन्द्र पौडेल र भिम नारायण चौधरी रहेका छन् । 

    केही दिन यता गोनहियामा रहेको अटो भिलेज र गोनहिया गाउँमा चोरीका घटना बढ्दै गएको स्थानीय बताउँछन् । मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी अवाञ्छित तत्वहरुले चोरी गर्दै हिंडेपछि यसको नियन्त्रणको लागि आफै अग्रसर हुनुपरेको सल्लाहकार सन्तोष रायमाझीले बताए । ‘गोनहिया गाउँ मात्र होइन, अटोभिलेजमा रहेका विभिन्न महत्वपूर्ण उपकरणहरु संगठित रुपमै चोरी भइरहेका छन्,’ रायमाझीले भने–‘चोरी नियन्त्रण गर्न प्रहरीमा उजुरी दिइ मुद्दा चले पनि नियन्त्रण नभएपछि अहिले आफै नियन्त्रणको प्रयास गरेका हौं ।’ उनले समितिले चोरीका घटना नियन्त्रण गर्न पालैपालो गस्ती गरी भेटिएका शंकास्पद व्यक्तिहरुलाई प्रहरी–प्रशासनको जिम्मा लगाउने जानकारी दिए । 

    समितिका अध्यक्ष राजेश धवलले रातीमा यस क्षेत्रमा अनावश्यक कामले नहिंड्न तथा मादकपदार्थ सेवन गर्ने थलो नबनाउन चेतावनी दिए । उनले रातीमा अनावश्यक कामले नहिंड्न आग्रह गरे । स्थानीयले नागरिकले प्रहरीसंँग शान्तिसुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो समिति गठन गरिएको उनले बताए  । उनका अनुसार टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछ ।