२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

‘जगर्श ग्रुपले सामाजिक कार्यमा अग्रणी भूमिका खेलेको छ’

सोमवार , बैशाख १, २०८२

  • 886
    Shares
  • 886
    Shares
  • भैरहवा, १ वैशाख । जगर्श ग्रुप, भैरहवाले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अग्रणी भूमिका खेल्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले यो संस्थाले रचनात्मक कार्य गर्दै आएको बताएका हुन् ।

    जगर्श ग्रुपले आइतबार भैरहवामा आयोजना गरेको वर्ष २०८२ को वार्षिक भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले जगर्श गु्रप स्थापनाकालदेखि नै सामाजिक सेवा भावका साथ अगाडि बढेको बताए । ‘यो संस्था एकदमै गर्विलो छ, ’उनले भने । आचार्यले वर्ष २०८२ लाई स्वर्णिम वर्षको रुपमा मनाउने पाइयोस् भन्दै शुभकामना व्यक्त गरे ।

    जगर्श ग्रुपका अध्यक्ष प्रियबन्धु न्यौपानेले संस्थाले पहिलोपटक क्यालेण्डर प्रकाशन तथा विमोचन गरेको बताए । उनले स्थापनाकालदेखि नै संस्थाले रचनात्मक कार्य गर्दै आएको बताए । संघमा हाल ५३ जना सदस्यहरु आबद्ध रहेको उनले जानकारी दिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जगर्शले धेरै सामाजिक कार्य गर्दै आएको बताए । भित्तेपात्रो प्रकाशन समितिका सह–संयोजक मनोरञ्जन शर्माको सञ्चालनमा भएको कार्यक्रममा जगर्श गु्रपका संरक्षक हरिचन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष विकास कुमार सेन, संस्थापक अध्यक्ष अनिल उपाध्याय, भित्तेपात्रो प्रकाशन समितिका संयोजक राजु न्यौपाने, लगायतले भनाइ राखेका थिए । 

    जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिंड्ने समूह हो ।