२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

लुम्बिनी वर्ल्ड स्कूलले पायो आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह

बिहिवार , चैत्र २७, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा । लुम्बिनी वर्ल्ड स्कूलले आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । शैक्षिक गुणस्तरका बिभिन्न १६ वटा सुचकहरु पुरा गर्दै अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको हो ।

    स्थापनाकाल देखि नै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिदै आएको लुम्बिनी वर्ल्ड स्कुलले स्थापना भएको ३ बर्षमै आईएसो चिन्ह प्राप्त गर्न सफल भएको छ । स्टानचुली म्यानेजेमन्ट एण्ड सर्भिसेज, युके बोर्डबाट अन्तराष्ट्रिय गुणस्तर प्रमणीत चिन्ह प्राप्त गरेको स्कुलका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए । 

    अध्यक्ष घिमिरेले टिचिङ्ग एण्ड लर्निङ्ग प्रोग्राम, स्क्ट्राकुलर एक्टीभिटीज, कन्डक्ट सर्पोट एण्ड काउन्सीलिङ्ग, एजुकेशन सर्भिस, इ–लर्निङ्ग,  एसीस्मेन्ट एण्ड एक्सामिनेसन,  टे्रनिङ्ग, सेमिनार, वर्कसप, एकेडेमिक डेभलमेन्ट एण्ड प्रमोटिङ्ग सोसल एण्ड कल्चर अर्वानेस लगायतका विषयमा अन्तराष्ट्रिय गुणस्तर चिन्ह आईएसको ९००१ः२०१५ प्राप्त गरेको बताए।

    विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ सोलुसन प्रा.लिका सन्तोष गिरीले विद्यालयका अध्यक्ष योगेश घिमिरे, सल्लाहकार महेन्द्र नाराण श्रेष्ठ सहितका सञ्चालक र प्रीन्सपल विष्णु प्रसाद ढकाललाई आईएसओ चिन्ह प्राप्त गरेको सर्टिफेकेट प्रदान गरे । 

    अध्यक्ष घिमिरेले ३ बर्षको लागि पहिलो पटक विद्यालयले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको जानकारी दिदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि मापदण्डको पूरा पालना गर्ने समेत प्रतिवद्धता जनाए ।