२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

दाउन्नेमा गाडी रोकेर सडक बिस्तारको काम शुरु

बुधवार , चैत्र २६, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • परासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ ।

    आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएके छ ।

    प्रहरी नायव उपरीक्षक मधु नेपालले २०८२ बैशाख १ देखि १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने जानकारी दिए ।  

    सडक विभागले बाटो बन्द भएको बेला ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ । यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायतका सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने छ ।

    सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाटतर्फ आउने सवारी साधानले बुटबलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताए ।