२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

रुपन्देहीमा घुस लिने सई अख्तियारको नियन्त्रणमा

बिहिवार , चैत्र १३, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिम बहादुर खड्कालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

    बिहीबार मायादेवी गाउँपालिका–६ बाट खड्कालाई ३० हजार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

    प्रवक्ता पौडेलका अनुसार भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।