२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सरकारले हटायो कुलमानलाई

सोमवार , चैत्र १०, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

    घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले उनीमाथी पटकपटक स्पष्टीकरण सोधेको थियो । पाँचौँपटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।

    नौ महिनासम्म पटकपटक स्पष्टीकरण लिएपछि अन्ततः कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको हो । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेको हो ।

    असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । पछिल्लोपटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको स्रोतले जनाएको छ ।