२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

राप्रपाको नेतृत्वमा हुने आन्दोलन सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता

सोमवार , चैत्र १०, २०८१

भैरहवा, ११ चैत । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नाराका साथ नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा हुने आन्दोलनमा सहयोग गर्ने प्रतिवद्धता जनाएइको छ । राप्रपा निकट प्रवास नेपाली एकता समाज युएई (पानस) ले आन्दोलनमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

पानस युएईका महामन्त्री जंग शाहीको अध्यक्षतामा बसेको बैठकमा आगामी दिनमा राप्रपाको नेतृत्वमा हुने शान्तिपूर्ण आन्दोलनलाई सफल बनाउन कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरिएको पानस युएईले जनाएको छ ।

बैठकमा प्रमुख अतिथि तथा राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्साल सामाजिक सञ्जालको प्रयोगमार्फत प्रवासका विभिन्न स्थानबाट शान्तिपूर्ण आन्दोलनलाई सबैले सहयोग गर्नुपर्ने बताए । ‘यो आन्दोलन पार्टी विशेषको नभएर देशको आन्दोलन भएको हुनाले हरेक नेपालीले सहयोग गर्नपर्छ, ’लम्सालले भने ।

त्यस्तै धार्मिक संगठनहरु श्रीवैष्णव परिषद् युएईका सचिव गणेशराज जोशी, हिन्दू जागरण नेपाल युएई शाखाका अध्यक्ष भूमिराज कंडेल, माई नेपाल युएईका अध्यक्ष संजीव आर्यविर र सनातन गौ संरक्षण युएईका अध्यक्ष दयाराम सागरको पनि उपस्थिति थियो । 

युएईमा रहेका चारवटै धार्मिक संस्थाले कुनै पनि हालतमा नेपालमा राजसंस्था र हिन्दूराज्य स्थापना गर्न जस्तोसुकै मूल्य चुकाउन तयार भएको बताएका छन् । अहिले नेपालमा राप्रपाले गरेको आन्दोलनलाई सहयोग गर्ने उनीहरुले प्रतिवद्धता समेत जनाएका छन् ।

पानस युएईका प्रमुख सल्लाहकार मधुकर बेल्बासेले आन्दोलनमा सबैले अब आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संगठनकी सह–सचिव बसन्ती रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।