२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

उर्जा प्रभावकारी भवन डिजाइनसम्बन्धि कार्यदक्षता अभिवृद्धि तालिम सम्पन्न

सोमवार , चैत्र १०, २०८१

भैरहवा, ११ चैत । रुपन्देहीको भैरहवामा उर्जा प्रभावकारी भवन डिजाइनसम्बन्धि तीनदिने कार्यदक्षता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोसाईटी अफ नेपलीज आर्किटेक्स् (सोना) ले बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीन) परियोजनाको सहयोगमा भवन निर्माण तथा डिजाइनको क्षेत्रमा कार्यरत आर्किटेक र इन्जिनियरहरुका लागि तालिम आयोजना गरेको थियो । बिहीबारदेखि शनिबारसम्म सञ्चालित तालिममा १८ जनाको सहभागीता रहेको आर्किटेक प्रभा पाण्डेले जानकारी दिइन् ।

तालिमको समापन कार्यक्रममा सोनाका महासचिव आर्किटेक अर्जुन बस्नेतले ९ वटा तालिममध्ये यो तालिम अझ उत्कृष्ट भएको पाएको बताए । उनले सोनाले आर्किटेकको हकहितमा काम गर्दै आएको बताए । 
‘साँस्कृतिक सम्पदाको संरक्षणमा हाम्रो विशेष भूमिका छ’भवनको डिजाइन आर्किटेकले गर्नुपर्छ’उनले भने–‘नेपालमा सबै ठाउँ आर्किटेक पुग्न सकेको अवस्था छैन ।’ 

महासचिव बस्नेतले नीतिगत कारणले अधिकांश स्थानीय तहमा आर्किटेकको दरबन्दी नरहेको बताए । ‘आर्किटेकले भवन डिजाइन गर्ने हो’उनले भने–‘बजेट सुहाउँदो, वातावरणमैत्री तथा भुगोल अनुसार भवन निर्माण गर्नुपर्छ ।’ कार्बन उत्सर्जन घटाउनुपर्ने उनको भनाइ छ । भवन निर्माण क्षेत्रलाई अझ जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै बीन परियोजनाकी सिनियर आर्किटेक दिव्या आचार्यले युरोपियन युनियनको स्वीच एसिया प्रोग्राम अन्तर्गत बीन परियोजना सञ्चालित रहेको बताइन् । उनले भवन निर्माण तथा डिजाइनसम्बन्धी कार्यमा संलग्न प्राविधिक जनशक्तिलाई तालिम प्रदान गरिदै आएको बताइन् । परियोजनाले गण्डकी, लुम्बिनी र बागमती प्रदेशको ६० वटा स्थानीय तहमा काम गर्दै आएको उनले जानकारी दिइन् । उनका अनुसार हालसम्म १११ जना आर्किटेक र ९९ जना सिभिल इन्जिनियर गरी २१० जना तालिममा सहभागी भइसकेका छन् । बीनले सोनासँग सहकार्य गर्दै परियोजना समापन पश्चात पनि सहकार्य गर्दै जाने उनको भनाइ छ । 

तालिममा सहभागीकोतर्फबाट इन्जिनियर सुदीप ढकालले बीन परियोजनालाई धन्यवाद दिदै तालिमले भवन निर्माण तथा डिजाइन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताए । 
सोनाका महासचिव आर्किटेक अर्जुन बस्नेतको अध्यक्षता, बीन परियोजनाकी सिनियर आर्किटेक दिव्या आचार्य तथा आर्किटेक निराज कुँवरको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।

IMG_0371.JPG
IMG_0376.JPG
IMG_0349.JPG