२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी शान्ति महोत्सव शूरू

शुक्रवार , चैत्र ७, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • लुम्बिनी, चैत बुद्वजन्मस्थल लुम्बिनीमा विहिबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शूरू भएको छ । लुम्बिनी स्थित बुद्वमाया गार्डेन होटलमा एक कार्यक्रम गरि महोत्सव शुभारम्भ गरिएको हो ।

    सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डको उपस्थितिमा  महोत्सव शुरूवात गरिएको छ । नेपाल स्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले लुम्बिनी बुद्वको जन्मस्थलसंगै शान्ति र सदभावको पवित्र स्थल रहेको बताए । विश्वभरका डेढअर्ब बौद्धमार्गीहरू जीवनमा एकपटक लुम्बिनी आउन चाहने बताउदै यसको प्रचार प्रसारका लागि चिन सरकारको सहयोगको अपेक्षा गर्नुभयो। उनले लुम्बिनीलाई लक्षित गरि निर्माण भएको गौतमबुद्ध विमानस्थलमा चिनका विभिन्न प्रदेशबाट उडानको व्यवस्था मिलाउन आग्रह गरे ।

    यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले शान्ति, सदभाव र एकतालाई बलियो बनाउने बताए । उनले चिनसंग नेपालको पुरानो सम्बन्ध भएको बताउदै यसले भातृत्व र अन्तराष्ट्रिय सम्बन्ध दिगो बनाउन सहयोग गर्ने बताए।  

    यस्तै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गले चिनले नेपालसंगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तराष्ट्रिय शान्ति सम्मेलन गरिएको बताए ।  

    लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको दुतावासले जनाएको छ ।