बिहिवार , फाल्गुण २९, २०८१
भैरहवा, २९ फागुन । फागू पूर्णिमा (होली पर्व) सभ्य तथा सुरक्षित रुपमा मनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले होली पर्वलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिएका हुन् ।
होलीको अवसरमा नेपाल भारत मैत्री संघ उप–शाखा बेलहियाको आयोजनामा बुधबार सिद्धार्थनगर-१ स्थित बेलहियामा भएको होली मिलन समारोहमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
संघका अध्यक्ष पशुपति कान्दुको अध्यक्षतमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष श्रीचन्द गुप्ता, दुर्गेश गिरी, नलिन शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गंगासागर अग्रहरी, नेपाल भारत मैत्री संघ उप–शाखा बेलहियाका वरिष्ठ उपा
ध्यक्ष राज कुमार गुप्ता, उपाध्यक्ष गंगाराम पराजुली, सचिव जीवलाल भट्टराई, रमेश कान्दु, अर्जुन गिरी, कोषाध्यक्ष दिलिप कुमार हरिजन,समाजसेवी रामबहादुर बस्नेत, मनोज कुमार त्रिपाठी लगायतले बोलेका थि । उनींहरुले नेपाल–भारतको सम्बन्ध रोटी र बेटीको सम्बन्ध भएको बताए । उनीहरुले होली पर्वले सबैमा हर्ष र खुशीयाली छाओस् भन्दै एकआपसमा रंग अबिर लगाएर रमाएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij