२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

परासी प्रेस क्लबको अध्यक्षमा मोहन पौडेल

शनिवार , फाल्गुण २४, २०८१

  • 748
    Shares
  • 748
    Shares
  • परासी, २४ फागुन । क्रियाशील पत्रकारहरुको साझा संस्था परासी प्रेस क्लबको अध्यक्षमा पत्रकार मोहन पौडेल निर्वाचित भएका छन् । क्लबको शनिबार परासीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

    यसअघि क्लबको महासचिव रहेका पौडेल दैनिक ट्वान्टीफोर खबर अनलाईनका सञ्चालक समेत हुन् । यस्तै क्लबको उपाध्यक्षमा सुरेश यादव (सुनवल), महासचिवमा रञ्जित शर्मा, सचिवमा गौरीशंकर जयसवाल, कोषाध्यक्षमा डोल्मा चौधरी तथा सदस्यहरुमा रामकरण हरिजन, अभिषेक राव, सुरेश यादव (रामग्राम) र महेश यादव निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक एवं नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वसभापति टीकाराम गैरेले जानकारी दिए ।

    क्लबका संस्थापक अध्यक्ष बेचु गौडको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त सभामा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादीत बनाउनुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि यादवले पत्रकारहरुले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै नकारात्मक मात्रै नभइ सकारात्मक समाचारलाई पनि उजागर गर्न आग्रह गरे ।

    रामग्राम नगरपालिकाकी कार्यबाहक नगरप्रमुख सम्झना चौधरीले मुलुकको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई निष्पक्ष र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिइन् । उनले सूचना दिने होडबाजीमा गलत सूचना जान सक्ने भएकोले सत्यतथ्य बुझेर मात्र सम्प्रेषण गर्न आग्रह गरिन् ।

    WhatsApp Image 2025-03-08 at 5.10.35 PM.jpeg

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवार, पत्रकार महासंघका पूर्वसभापति टीकाराम गैरे, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेय, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष उमेश विक, सामाजिक अभियन्ता रवि पाण्डेय, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सचिव बसन्त पराजुली, एभरग्रीन अस्पतालका सञ्चालक बलिराम कोइरी, पत्रकार नारायण सुवेदी, क्लबका निवर्तमान उपाध्यक्ष सद्दाम हुसेन अन्सारी, निवर्तमान महासचिव मोहन पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।