
मंगलवार , कार्तिक १३, २०८१
काठमााडैं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् ।
मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका छन् । उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।
उनले संविधान र कानुन विपरित असामाजिक र अराजनीतिक क्रियाकलापहरु गर्ने प्रयास भइरहेको बताए । उनले यस्ता क्रियाकलापहरुलाई मौलाउन नदिने स्पष्ट पारे । उनले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले सो कानून संसदको आगामी अधिवेशनमा अगाडी बढाइने बताए ।
उनले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij