२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बाह्रकुने दहलाई पर्यटन सर्किटसँग जोड्ने योजना (फोटो फिचर)

मंगलवार , कार्तिक १३, २०८१

  • 532
    Shares
  • 532
    Shares
  • दाङ, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङको प्रसिद्ध धार्मिक तीर्थस्थल बाह्रकुने दह पुगेका छन् । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका हुन् ।

    स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरुसँग समेत मुख्यमन्त्री आचार्यले छलफल गरेका छन् । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह रहेको छ । यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको भनाइ छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा रहेको छ । यो धार्मिक एवं पवित्र स्थल पनि हो । 

    यहाँ माघे संक्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ । मुख्यमन्त्री आचार्यसहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा, पूर्व स्वास्थ्यमन्त्री राजु खनाल लगायतको सहभागीता छ । 

    लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एकआपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस वर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

    WhatsApp Image 2024-10-29 at 9.28.55 AM.jpeg
    WhatsApp Image 2024-10-29 at 9.28.56 AM (1).jpeg
    WhatsApp Image 2024-10-29 at 9.28.56 AM.jpeg
    WhatsApp Image 2024-10-29 at 9.30.01 AM.jpeg
    WhatsApp Image 2024-10-29 at 9.30.02 AM (1).jpeg