२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

साहसिक खेल विधा प्रदेशको प्राथमिकता : मुख्यमन्त्री आचार्य

मंगलवार , कार्तिक ६, २०८१

  • 913
    Shares
  • 913
    Shares
  • दाङ, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । पाँचवटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरीसँगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका हुन् ।

    ‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मिहिनेत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउने गरी आफ्नो भूमिका बढाउनुहोला’मुख्यमन्त्री आचार्यले भने,–‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय बनाएका छौं । अब युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’ 

    मुख्यमन्त्रीसँगको भेटमा गिरीले आफुले विभिन्न पाँचवटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराएका थिए । राप्ती गाउँपालिका–४ मौरीघाट निवासी गिरीले भर्‍याङ्गको ५० खुड्किला हातले टेकेर सबैभन्दा छिटो हिंड्ने विधा १२.६५ सेकेण्डमा पुरा गरी विश्व रेकर्ड बनाउन सफल भएका थिए । त्यसपछि सोही विधाको ७५ खुड्किला २५.०३ सेकेण्डमा दोस्रो विश्व रेकर्ड कायम गर्न सफल भएको, खुट्टाको बीचमा फुटबल च्यापेर ५० मिटर समथर जमिनमा उल्टो भइ छिटो हिंडेर २५.५८ सेकेण्डमा तेस्रो रेकर्ड कायम गरेको, सोही विधामा १० मिटर ४.४९ सेकेण्डमा चौथो रेकर्ड बनाउन सफल भएको जानकारी दिए ।

    त्यस्तै टायरलाई सन्तुलन गर्दै १ मिनेटमा १२० पटक स्किपिङ खेली पाँचौं विश्व कृतिमान बनाउन सफल हुनु भएको थियो । हालै नेपाली सेनाले गिरीलाई नगदसहित पुरस्कृत समेत गरेको थियो । 

    मुख्यमन्त्री आचार्यसहित शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), स्वास्थ्य मन्त्री खेमबहादुर सारु, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई आफूले बनाएको रेकर्डबारे जानकारी गराएका थिए ।