२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

३० वटा आईफोन सहित ११ लाख बढीको भन्सार छलीको सामान बरामद

मंगलवार , कार्तिक ६, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ६ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ।

    कार्तिक ५ गते सोमवार ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

    प्रहरीका अनुसार  ११ लाख ५१ हजार ८ सय बराबरको सामान  बरामद गरिएको हो । यसमा ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, ४ बोरा बुकि पेपर, र ७० केजी ताजा फूल तथा फूलका बिरुवा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।

    प्रहरीले आवश्यक कारवाहीका लागि बरामद सामानलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइसकेको छ ।