२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

तिलोत्तमा महोत्सवका लागि विभिन्न समितिहरु गठन

सोमवार , कार्तिक ५, २०८१

  • 814
    Shares
  • 814
    Shares
  • तिलोत्तमा, ५ कार्तिक । तिलोत्तमा व्यापार संघले आगामी मंसिरमा हुने तिलोत्तमा महोत्सव–२०८१ को लागि कार्यविभाजन गरेको छ । संघको कार्यसमितिको बैठकले अध्यक्ष नेत्रप्रसाद न्यौपाने संयोजक रहेको मूल आयोजक समिति निर्माण गरेको छ । मूल आयोजक समितिका सदस्यहरुमा विष्णुबहादुर बराल क्षेत्री, मानबहादुर बर्मा, ताराप्रसाद नेपाल, चेतनारायण विश्वकर्मा (विष्णु), बाबुराम कंडेल, कृष्णप्रसाद भट्टराई र दिलमाया पुन रहेका छन् ।

    त्यस्तै बैठकले विभिन्न समिति एवं उपसमितिहरु पनि गठन गरेको छ । जसअनुसार विष्णुबहादुर बराल क्षेत्रीको संयोजकत्वमा मूल उदघाटन तथा समापन समिति, मानबहादुर बर्माको संयोजकत्वमा मूल स्टल दर्ता समिति, ताराप्रसाद नेपालको संयोजकत्वमा मूल निर्माण उपसमिति, चेतनारायण विश्वकर्माको संयोजकत्वमा मूल सचिवालय उपसमिति, बाबुराम कंडेलको संयोजकत्वमा मूल आर्थिक उपसमिति, कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा मूल प्रचारप्रसाद उपसमिति र दिलमाया पुनको संयोजकत्वमा मूल साजसज्जा उपसमिति बनाइएको छ ।

    त्यस्तै नुमेन्द्र पौडेलको संयोजकत्वमा प्रायोजन व्यवस्थापन समिति, रामु भण्डारीको संयोजकत्वमा वित्तीय संघ–संस्था समन्वय समिति, कमलप्रसाद कंडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति, पेउनारायण भुसालको संयोजकत्वमा परिचयपत्र व्यवस्थापन समिति, शित्तल ज्ञवालीको संयोजकत्वमा पार्किङ, स्वयंसेवक, सुरक्षा, बालउद्यान समिति र सुना श्रीस थापाको संयोजकत्वमा महिला उद्यमी उत्प्रेरक समिति निर्माण गरिएको छ ।

    त्यसै गरी बबिकुमारी भट्टराईको स्वागत सत्कार समिति, ढालानन्द चालिसेको संयोजकत्वमा श्रव्य दृश्य व्यवस्थापन समिति, तेजप्रसाद पाण्डेको संयोजकत्वमा सांस्कृतिक समिति, चन्द्रकान्त भण्डारीको संयोजकत्वमा विद्युत खानेपानी समिति, भगवती कुमारी पाण्डेको संयोजकत्वमा उपहार व्यवस्थापन समिति, मिनराज भारद्वाजको संयोजकत्वमा तालिम, गोष्ठ, सूचना प्रविधि समिति, चुडामणि सुवेदीको संयोजकत्वमा जनचेतना र्‍याली समिति र चुडामणि भुसालको संयोजकत्वमा प्रकाशन/ब्यानर व्यवस्थापन समिति गठन गरिएको छ । 

    त्यस्तै भविश्वर पाण्डेको संयोजकत्वमा सरसफाई व्यवस्थापन समिति, पार्वती गिरीको संयोजकत्वमा कृषि व्यवस्थापन समिति, भगवती घर्तीको संयोजकत्वमा प्राथमिक उपचार समिति, तारा सुनारको संयोजकत्वमा संघ–संस्था एवं सरकारी निकाय समन्वय समिति, कृष्ण सुवेदीको संयोजकत्वमा गेट टिकट समिति, झकल तिवारीको संयोजकत्वमा होटल व्यवस्थापन समिति र हुमनाथ भट्टराईको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ ।