२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला

मंगलवार , आश्विन २९, २०८१

  • 493
    Shares
  • 493
    Shares
  • भैरहवा, २९ असोज । बडादशैंका अवसरमा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला भएको छ । फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय मंगलबारदेखि खुला भएका हुन् ।

    सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भए पछि देशभरका शहरमा चहलपहल बढ्न थालेको छ । सरकारी कार्यालयहरु खुलेपनि कर्मचारी र सेवाग्राहीको संख्या भने न्यून नै देखिएको छ । त्यस्तै दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहरहरुमा फेरि सवारी चाप बढ्न थालेको छ ।