२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

श्री श्री नव दुर्गा पूजा समितिद्वारा भैरहवामा भगवती रात्री जागरण

शुक्रवार , आश्विन २५, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, २५ असोज । श्री श्री नव दुर्गा पूजा समिति सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी, रुपन्देहीले बिहीबार भैरहवामा विशाल माँ भगवती रात्री जागरण–२०८१ कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले यस्ता सामाजिक कार्यक्रममा आफनो सहभागीता तथा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले धर्म–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष यादवले यसअघि पनि रात्री जागरण आयोजना गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको बताए ।

    त्यस्तै कार्यक्रम संयोजक अशोक कुमार साहले रात्री जागरण हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण परम्परा र संस्कृति भएको बताए । उनले धर्म र संस्कृतिको संरक्षणका लागि रात्री जागरण जस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    मिथिलान्चल समाज रुपन्देहीका अध्यक्ष तथा समितिका सल्लाहकार अमरकान्त झा स्वागत तथा विशाल श्रीवास्तवको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी भैरव प्रसाद कलवार, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, समितिका सल्लाहकार तथा पश्चिमाञ्चल इङलिस हाई स्कूलका प्रिन्सिपल राजु शर्मा ढकाल लगायतले भनाइ राखेका थिए ।

    WhatsApp Image 2024-10-11 at 4.03.39 PM.jpeg

    रात्री जागरणमा भारतीय कलाकारहरु प्रमोद चन्चल, रेनु शर्मा, नेहा सिंह, सन्नी सिंह, सन्नी सावरीया लगायतको प्रस्तुति रहेको श्री श्री नव दुर्गा पूजा समितिका अध्यक्ष सन्तोष केवटले बताए । त्यस्तै निरज रोमा इन्टरनेशनलको झाँकी प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा रात्री जागरण कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक अशोक कुमार साहले बताए ।

    WhatsApp Image 2024-10-11 at 4.03.36 PM (1).jpeg

    तस्विर : विजय यादव