२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

नेपाल भारत मैत्री संघ रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बिहिवार , आश्विन २४, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, २४ असोज । नेपाल भारत मैत्री संघ जिल्ला शाखा रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बडादशैं, दिपावली एवं छठ पर्वको अवसरमा कार्यक्रम गरिएको संघको रुपन्देही जिल्ला अध्यक्ष श्रीचन्द गुप्ताले बताए ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल भारत मैत्री संघले नेपाल र भारतको सम्बन्धमा पुलको काम गरेको बताए । नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा काम गर्न आउने क्रममा कामदार तथा रोटीबेटीको सम्बन्धमा संघले सहजीकरण गर्ने गरेको उनीहरुको भनाइ थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताए । नेपालमा अतिथिलाइ देवता मानिने भएकोले भारतबाट आउने पर्यटक स्वरुपी देवताहरुलाई सम्मान गर्नुपर्ने बताए । नगरप्रमुख खाँले पर्यटकलाई पाहुनाको जस्तै व्यवहार गरे मात्रै पनि नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए ।

    कार्यक्रम संयोजक तथा संघको जिल्ला उपाध्यक्ष अकबाल खानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारत मैत्री संघकाका पूर्व केन्द्रिय अध्यक्ष मुरारीलाल अग्रवाल, केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल, केन्द्रिय सदस्य मोहनराज शर्मा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपाने लगायतले बोलेका थिए । 

    संघको उपाध्यक्ष जया उपाध्यायको स्वागत तथा कोषाध्यक्ष नलिन न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।