२०८२, चैत्र ३ गते

Mar 17 2026 | २०८२, चैत्र ३ गते

डिष्ट्रिक गभर्नर्स् फस्ट जोनल एडवाईजरी कमिटी बैठक सम्पन्न

मंगलवार , आश्विन १५, २०८१

  • 730
    Shares
  • 730
    Shares
  • भैरहवा, १५ असोज ।
    लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल रिजन–१७ जोन नम्बर ३९ अन्तर्गत डिष्ट्रिक गभर्नर्स् फस्ट जोनल एडवाईजरी कमिटी मिटिङ (बैठक) भैरहवामा सम्पन्न भएको छ । 

    जोन चेयरपर्सन गजेन्द्र कोहारको अध्यक्षता तथा प्रयवेक्षक एवं डिष्ट्रिक सचिवालय सल्लाहकार विनोद खरेलको विशेष उपस्थितिमा बसेको बैठकले २०२४ देखि सेप्टेम्बरसम्म भएका गतिविधिबारे समीक्षा गरेको छ । प्रत्येक ३–३ महिनामा यो बैठक हुँदै आएको जोन चेयरपर्सन गजेन्द्र कोहारले जानकारी दिए । उक्त बैठकमा त्रैमासिक विवरण प्रस्तत गरी छलफल हुँदै आएको कोहारले बताए ।

    बैठकको संयोजन गरेको लायन्स क्लब अफ भैरहवाका अध्यक्ष खेम बहादुर कार्कीको स्वागत तथा क्लबका सचिव मधुसुदन पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा एओजी सतिश कुमार कौसल (दीपक), कलस्टर चिफ दुर्गा शर्मा आचार्य, एरिया–५ का चिफ अभिनव मयूर कसौधन, रिजन–१७ का रिजन चेयरपर्सन प्रशान्तमणि रामदाम लगायतले बोलेका थिए ।

    बैठकमा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल र लायन्स क्लब अफ कपिलवस्तु प्राचीनका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-10-01 at 2.03.32 PM.jpeg