२०८२, चैत्र ३ गते

Mar 17 2026 | २०८२, चैत्र ३ गते

लायन्स र लियो क्षितिजद्वारा आश्रममा सहयोग

सोमवार , आश्विन १४, २०८१

  • 868
    Shares
  • 868
    Shares
  • बुटवल, १४ असोज ।
    लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्लब अफ बुटवल क्षितिजको संयुक्त आयोजनामा बुटवल–१३ प्रगतिनगरस्थित नेपाल अपांग आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । आश्रममा आश्रित करिब ४० जनालाइ लायन्स बुटवल क्षितिज र लियो क्षितिजका पदाधिकारीहरु आफैले खाना तयार गरी खुवाएका हुन । त्यस्तै त्यहाँ रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु पनि प्रदान गरिएको हो । 

    लायन्स अन्तर्राष्ट्रिय ‘ग्लोबल कज हंगर रिलिफ’ अन्तर्गत तथा नजिकिदै गरेको विजया दशमीको अवसरमा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम गरिएको लायन्स क्षितिजका अध्यक्ष आबिष्कार खनालले बताए ।

    लायन्स बुटवल क्षितिजका अध्यक्ष खनाल र लियो अध्यक्ष वर्षा काफ्लेको संयुक्त अध्यक्षता, लायन्स डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र लियो डिष्ट्रिक ३२५ पी  का डिष्ट्रिक प्रेसिडेण्ट श्रद्वा कुंवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी जिएटी संयोजक आशिष कृष्ण श्रेष्ठ, लायन्स क्षितिजका संस्थापक अध्यक्ष राजिव श्रेष्ठ, डिष्ट्रक डेपुटी चिफ एवं लायन्स क्षितिजका पूर्व अध्यक्षद्वय नारायण थापा, शंकर पाण्डे, एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डे, रिजन चेयरपर्सन बैकुण्ठ श्रेष्ठ, लायन्स क्षितिजका निवर्तमान अध्यक्ष धुव्र कुमार शर्मा, लियो डिष्ट्रिक कोषाध्यक्ष प्रविन गौडेल, एरिया चिफ सुनिल कुँवर, रिजन चेयर शशांक श्रेष्ठ लगायत लायन्स, लियो डिष्ट्रिकका पदाधिकारीहरु, लायन्स लियो क्षितिजका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । 

    कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ बुटवल क्षितिजले विगतदेखि नै समाजको आवश्यकताको आधारमा समयसापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । उनले यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गरे ।

    WhatsApp Image 2024-09-29 at 3.18.59 PM.jpeg

    कार्यक्रममा लियो डिष्ट्रिक प्रेसिडेण्ट श्रद्वा कुंवर, आशिष कृष्ण श्रेष्ठ, शंकर पाण्डे, आश्रमका सञ्चालक डोल बहादुर रामदाम लगायतले भनाइ राखेका थिए । लायन्स क्लब अफ बुटवल क्षितिजका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक गुप्त पुनको स्वागत, लियो अध्यक्ष वर्षा काफ्लेको धन्यवाद तथा लायन्स क्षितिजका सचिव प्रदिप गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।