२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

स्थानीय उत्पादनलाई मुख्यमन्त्रीको सम्मान : जब शिरमा ढल्कियो अल्लोको टोपी

शुक्रवार , आश्विन ११, २०८१

  • 451
    Shares
  • 451
    Shares
  • दाङ, ११ असोज ।
    दाङको घोराही उपमहानगरपालिका–१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्ता लगायतका सामग्री तयार पार्दै आएकी छन् । आफूले तयार पारेका सामग्री विक्री गर्न उनी मेला, महोत्सव, दिवसहरुमा समेत पुग्ने गर्छिन् । अल्लो र उलनबाट बनाएका सामग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसी छाउँछ । 

    त्यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्ता लगायत सामाग्री विक्रीका लागि स्टल राखिन् । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुईवटा टोपी खरिद गरे । ‘अहिलेसम्म नेता, मन्त्रीलाई टोपी विक्री गरेको थिएन । कित उपहार दिइन्थ्यो । तर, मुख्यमन्त्रीले टोपी किनेर लगाउनुभयो । उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो’उनले भनिन्–‘शिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनुभयो । पाँच सय रुपैयाँ एउटा टोपीको मूल्य थियो । उहाँले दुईवटा किनेर लैजानुभयो ।’

    461077380_1037572117844340_5181368327824649104_n.jpg

    २०६५ सालबाट अल्लोबाट कपडा बनाउन थाल्नुभएकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउँदै आएकी छन् । ‘धेरै हौसला मिल्छ । किनेर लगाइदिदा’उनले भनिन्–‘मुख्यमन्त्रीज्यूको यो सद्भावले हामी उद्यमीको छाती चौडा भयो ।’ 

    460370344_1283303386025680_2261028305386574127_n.jpg

    पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामग्रीदेखि माटोबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

    460514166_377453508766341_1987174356499006529_n.jpg