२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे उपाध्यक्ष लामाले लिए जानकारी

बिहिवार , आश्विन १०, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • लुम्बिनी, १० असोज ।
    विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचिन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी लिएका छन् । 

    गत वर्ष नै प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेकाले अहिले तिलौराकोट क्षेत्रलाई प्रस्तुत गर्न योग्य बनाउन सरसफाई चलिरहेको छ । 

    उपाध्यक्ष डा. लामाले तिलौराकोटको सरसफाई तथा त्यस क्षेत्रको निरीक्षण गरेका हुन ।  तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम तयारीमा छ । कोषका वरिष्ठ निर्देशन ज्ञानिन राईले पछिल्लो समय सरसफाई कार्यलाई तीव्रता दिइएको जानकारी दिए । 

    तिलौराकोट शाक्य राज्यको राजधानी र राजा शुद्धोधनको दरबार रहेको क्षेत्र हो । बुद्धले गृहस्त जीवन परित्याग गर्नुअघिको सम्पूर्ण जीवन सोही स्थानमा बिताएका थिए । बुद्धले सारथि (छन्द) कन्थक (घोडा) लिएर मध्यरातमा दरबारको पूर्वी द्वारबाट गृहत्याग गरेको बौद्ध शास्त्रहरूमा उल्लेख गरिएको छ ।