२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लायन्स क्लब अफ बुटवल स्टार्सले मनायो आठौं चार्टर्ड नाईट

मंगलवार , आश्विन ८, २०८१

  • 928
    Shares
  • 928
    Shares
  • बुटवल, ८ असोज । 
    लायन्स क्लब अफ बुटवल स्टार्सको आठौं चार्टर्ड नाईट मनाएको छ । तिलोत्तमाको ड्राईभर टोलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक २३५ पी, नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले छाटो समयमा नै लायन्स स्टार्सले समाजमा उदाहरणीय काम गरेको भन्दै जसको सिको अन्य क्लबले पनि गर्नुपर्ने बताए ।

    उनले लायन्स क्लबले विभिन्न समस्या समाधानको लागि लाग्नुपर्ने धारणा राखे । सामाजिक उद्यमशीलताको थिम अनुसार अहिलेको लायन्स क्लब चलिरहेको बताउँदै उनले सोही योजना अनुसार अगाडी बढ्न आग्रह गरे ।  

    त्यस्तै जएमटी जीएमए मिसन १.५ का संयोजक तथा पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्सवादको नाराभित्र रहने जो कोही पनि विश्वकै उत्कृष्ट नागरिकको रुपमा पहिचान बनाउन सफल हुने बताए ।  

    डिष्ट्रिक फष्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) बालाराम भट्टराईले सबैको सहकार्यमा सामाजिक उत्तरदायित्वसहितको कार्यक्रम गर्न आवश्यक रहेको भन्दै हाल भइरहेको कार्यको प्रशंसा गरे ।

    सेकेण्ड भिडिजी सन्दीप कसौधनले लायन्स आफैमा पवित्र संस्था भएको भन्दै यसले गर्ने हरेक कामको अनुसरण अरुले पनि गर्नुपर्ने धारणा राखे ।  पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स तथा नन–लायन्सको सहकार्यमा सामाजिक विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।  

    कार्यक्रममा एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डे,  लायन्स अध्यक्ष भुपेन्द्र अर्याल लगायतले भनाइ राखेका थिए । 

    कार्यक्रम संयोजक लायन्स बुटवल स्टार्सका प्रथम उपाध्यक्ष राजन जिसीले लायन्सको मर्म, मूल्यय मान्यताको बारेमा प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए ।   

    कार्यक्रममा लायन्स क्लब अफ बुटवलका पूर्वअध्यक्ष एम.एल. पाण्डेलाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा लायन्सका अगुवाहरु खेम हमाल, विनोद खरेल, दिनेश प्रसाद श्रेष्ठ, अनिल प्रसाद श्रेष्ठ, अर्चित श्रेष्ठ, आशिष कृष्ण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । 

    सोही कार्यक्रममा लायन्स क्लबका सदस्यहरुको छोराछोरीहरुको परम्परागत नृत्य समेत प्रस्तत गरिएको थियो । क्लबको चार्टड नाईट समारोहमा विभिन्न विधामा सहयोग प्रदान गर्ने विभिन्न व्यक्ति, समुह, संघ–संस्थालाई अध्यक्ष भुपेन्द्र अर्यालसहित अतिथिहरुले सम्मान गरेका थिए । सोही अवसरमा तयार पारिएको डाईरेक्ट्री समेत  विमोचन गरिएको क्लबका सचिव राम बहादुर शाहीले जानकारी दिए ।

    IMG-20240924-WA0005.jpg