२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

मिथिलाञ्चल समाज रुपन्देहीद्वारा जितिया पर्व मिलन

मंगलवार , आश्विन ८, २०८१

  • 919
    Shares
  • 919
    Shares
  • भैरहवा, ८ असोज ।

    मिथिलाञ्चल समाज रुपन्देहीले भैरहवामा जितिया पर्व मिलन समारोह आयोजना गरेको छ । समारोहको प्रमुख अतिथि लक्ष्मी महासेठले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै महासेठले जितिया पर्व विशेष महत्व बोकेको चाड भएको बताइन् ।

    त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जितिया पर्वको विशेष महत्व रहेको बताए । 

    कार्यक्रम संयोजक उषा पाठकको अध्यक्षता, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, कृषि तथा पशु अध्ययन विज्ञान संस्थान पक्लिहवा क्याम्पसका क्याम्पस प्रमुख डा. रामभजन मण्डल, नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय मिश्रा, महिला आयोगका पूर्व सदस्य धनेश्वरी चौधरी, जयसवाल महिला सेवा समितिकी उपाध्यक्ष सन्जु कलवार, समाजका अध्यक्ष अमरकान्त झालगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

    मीना साहको स्वागत तथा सियाराम यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो ।

    460940336_122122550468402928_3792329020663221380_n.jpg

    जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिको कामना गर्दै यो पर्व मनाइने गरेको समाजसेवी सियाराम यादवले बताए ।

    460981153_122122543490402928_98415319729924511_n (1).jpg