२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम

मंगलवार , आश्विन ८, २०८१

  • 946
    Shares
  • 946
    Shares
  • भैरहवा, ८ असोज ।
    बाल यौन शोषण र मानव बेचबिखनविरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले सो विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले मानव बेचबिखन तथा ओसारपसारको विरुद्धमा जनचेतनासँगै आर्थिक सबलता आवश्यक रहेको बताइन् । 

    कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढा, सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, वडा सदस्यहरु निलु श्रीस मगर, हरिमाया गुरुङ, सुष्मा प्रधान, रुपन्देही जिल्ला अदालत बार एशोसियसनका गोविन्द पन्थी, महिला तथा बाल अधिकार जिल्ला सन्जाल रुपन्देहीका अध्यक्ष समिता मल्ल, सञ्चारकर्मी शंकर पाण्डे, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका प्रतिनिधि लगायतले मानव बेचविखनको विरुद्धमा हातेमालो आवश्यक रहेको बताए ।

    उनीहरुले जनचेतनाको अभिवृद्धि, सरोकारवालाहरुको बीचमा समन्वय तथा सहकार्य, भएका कानुनहरुको प्रभावकारी रुपमा पालना, दीर्घकालीन पुर्नस्थापना केन्द्रको व्यवस्था, आन्तरिक तथा सीमा क्षेत्रमा अनुगमन संयन्त्रको निर्माण, स्थानीय तहमा समिति निर्माण लगायतका विषयमा जोड दिनुपर्ने बताए ।