२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अस्लेवा तराई सम्पर्क समाज गठन

सोमवार , आश्विन ७, २०८१

बुटवल, ७ असोज ।

अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ । गुल्मी जिल्लाको अस्लेवाबाट तराईका विभिन्न जिल्लामा आइ बसोबास गरेकाहरुको रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम भेलाले तुलसीराम पाण्डे (गोपाल) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको हो । यसअघि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

समितिको उपाध्यक्षमा पुरुषोत्तम पाण्डे, सचिवमा निरा गौतम (निरु) र कोषाध्यक्षमा प्रेम पाण्डे चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा हरिहर पाण्डे, डिल्लीराज पाण्डे, रविलाल पाण्डे, वेद प्रसाद पाण्डे, विजेन्द्र श्रेष्ठ, कल्पना कुँवर र विष्णु पाण्डे रहेका छन् ।

त्यसै गरी भेलाले ४ सदस्यीय विधान मस्यौदा समिति चयन गरेको छ । जसको संयोजकमा भिमलाल पाण्डे र सदस्यहरुमा गोपाल प्रसाद पाण्डे, वेदनिधि पाण्डे र इश्वरी प्रसाद पाण्डे रहेका छन् । 

भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेले सबै एकजुट भएर आ–आफ्नो क्षेत्रको विकासमा जुट्न आवश्यक रहेको बताए । ‘यो परिवार हो । हामीले राजनीतिक आस्थाका आधारमा कसैलाई विभद गर्ने छैनौ,’ उनले भने ।

विकासमा राजनीतिक खिचातानी जरुरी नभएको उनले बताए । ‘जन्मभूमिप्रति सबैको माया हुन्छ । यसरी संगठित हुँदा एक अर्काका भावना साटासाट गर्न पाइन्छ, ’उनले भने । आफू पनि अस्लेवामै जन्मिएकाले त्यस क्षेत्रको विकासमा सदैव प्रतिवद्ध रहेको उनले बताए ।

udghatan.jpg

भेलाको उद्घाटन कार्यक्रममा समाजसेवीहरु भिमलाल पाण्डे, गोपाल प्रसाद पाण्डे, सन्तोष गौतम, डिल्लीराज पाण्डे, पुरुषोत्तम पाण्डे, निरा गौतम लगायतले आफ्नो जन्मभूमिसँगको सामीप्यता बढाउन र अस्लेवाको माटोमा जन्मिएर हाल तराईमा बसोबास गरेकाहरुबीच सम्बन्ध स्थापित गर्न सम्पर्क समाजले पुलको काम गर्ने बताए ।