२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी विश्व शान्ति मञ्चद्वारा जनकपुरमा वृक्षरोपण

शनिवार , आश्विन ५, २०८१

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, ५ असोज ।
    लुम्बिनी विश्व शान्ति मञ्चले जनकपुरमा वृक्षरोपण गरी विश्व शान्ति दिवस–२०२४ मनाएको छ । दिवसको अवसरमा शनिबार सशस्त्र प्रहरी बल परिसर मुजेलिया, धनुषामा २५० वटा आँप रोपिएको मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले बताए । १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत जनकपुरमा २५० वटा विरुवा रोपिएको गौतमले जानकारी दिए ।

    मञ्चको आयोजनामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियम र कम्युनिटी लिडर सिप नेपाल लगायत संस्थाको सहकार्यमा शनिबार वृक्षरोपण कार्यक्रम गरिएको उनले बताए ।

    WhatsApp Image 2024-09-21 at 7.11.47 AM.jpeg

    १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत यस वर्ष देशैभरी १ लाख विरुवा रोपेर संरक्षण गर्ने योजना रहेको गौतमको भनाइ छ । अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको सहकार्य रहेको छ । यो महिना (असोज) मा मञ्च र लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमको पहलमा लुम्बिनी प्रदेशमा थप २५० विभिन्न फलफूलका विरुवाहरु रोप्ने र संरक्षण गर्ने कार्यक्रम रहेको संस्थापक अध्यक्ष गौतमले बताए ।