२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

मोहम्मद जयन्तीको अवसरमा मुख्यमन्त्रीको शुभकामना सन्देश, हर्षाेल्लासपूर्वक मनाउन अपिल

सोमवार , भाद्र ३१, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • दाङ, ३१ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्वीहरुले हर्षाेल्लासपूर्वक मनाउने पैगम्बर मोहम्मदको जयन्तीका अवसरमा समस्त इस्लाम धर्मावलम्वीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरीका मानव जातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष रहेको स्मरण गरेका छन् । धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ । इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ । इस्लाम (मुस्लिम) धर्मावलम्बी पर्व विभिन्न धार्मिक कार्यक्रम गरी मनाउने परम्परा छ। 
    मोहम्मद डेका दिन एकाबिहानै नुहाएर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्ने प्रचलन छ । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने परम्परा रहेको छ । लुम्बिनी प्रदेशका इस्लाम समुदायको बसोवास रहेका जिल्लाहरुमा धुमधामका साथ पर्व मनाइँदैछ ।