२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

वरिष्ठ अधिवक्ता भण्डारीले ‘बुद्धि पसल’ खोल्ने

आइतवार , भाद्र ३०, २०८१

  • 784
    Shares
  • 784
    Shares
  • भैरहवा, ३० भदौ । 
    वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले बुद्धि पसल खोल्ने तयारी गरेका छन् । ९८ वर्षिय अधिवक्ता भण्डारीले नेपालमा धेरै बुद्धिमानहरु भए तापनि राज्यले सदुपयोग गर्न नसकेको बताए । 
    नेपाल–चीन मैत्री समाज लुम्बिनीद्वारा आइतबार भैरहवामा आयोजित भेटघाट कार्यक्रममा उनले नेपालका विभिन्न क्षेत्रका विद्वानहरुलाई एकीकृत गरी उनीहरुको बुद्धिलाई देश निर्माणमा लगाउने गरी अभियान चलाउने पनि बताए ।

    नेपाल बार एशोसियशनको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा बसेर नेपाल फर्किनेहरुको बुद्धिलाई पनि प्रयोग गर्न बुद्धि पसल जरुरी रहेको बताए ।

    1be190bb-6d25-4a82-b187-fe4496f16994.jpeg

    पञ्चायतकालमा सामन्तहरुले किसानहरुलाई बनाएका तमसुक च्यात्ने अभियान पुर्वदेखि पश्चिम समम चलाएर चर्चित भएका भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनमा समेत होमिएका थिए ।
    उनले सुर्य बहादुर थकालीले तयार गरेको विश्वकै सबैभन्दा लामो थान्कालाई लुम्बिनीमा प्रदर्शन गर्ने गरी संयोजन गर्न नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायण प्रसाद सापकोटालाई जिम्मेवारी समेत दिएका छन् ।

    सो अवसरमा वरिष्ठ साहित्यकार विजय गोविन्द श्रेष्ठ, वरिष्ठ अधिवक्ता कमलराज जोशी, रुपन्देही जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष लय भट्टराई, नेपाल च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्री लगायतले वरिष्ठ अधिवक्ता भण्डारीलाई भैरहवामा सम्मान गरेका थिए ।