२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

यु.एस. पिज्जाको दोस्रो शाखा बुटवल होराइजन चोकमा

बिहिवार , भाद्र २७, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, २७ भदौ । 
    पंकज फूड प्राइभेट लिमिटेडद्वारा सञ्चालित यु.एस.पिज्जा दोस्रो शाखाको रुपमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा सञ्चालनमा आएको छ । पहिलो शाखाको रुपमा भैरहवामा सञ्चालन गरेको यु.एस. पिज्जाले दोस्रो शाखा बुटवलमा एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको हो । युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैसवालले शाखा सञ्चालनमा ल्याएर पश्चिमी परिकारलाई आकर्षणमा ल्याएका हुन् । 

    शाखा उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द केसीले पछिल्लो समय व्यवसायी पलायन हुने अवस्था रोक्न र युवालाई स्वरोजगार बनाउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएकोमा जैसवाल दम्पतीलाई बधाई तथा शुभकामना दिए । उनले काम पढाइको आधारमा भन्दा पनि कर्मको आधारमा हुने भएकाले काम कहिले पनि सानो ठूलो नहुने बताए । 

    पंकज जैसवालले बनारस हिन्दु विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन सकाएर स्वदेशमै व्यवसाय गर्ने उद्देश्यले आफ्नो पत्नीलाई मुम्बई पठाएर पिज्जाको परिकार बनाउन सिकाएका थिए । दम्पत्तीले युएस पिज्जा नामले ब्राण्ड बनाएर ४ वर्षअघि  पवन भैरहवाको मिलनचोकमा युएस पिज्जा हाउस सञ्चालनमा आएको थियो  । 

    यु.एस.पिज्जामा भेज, चिकन पिज्जा, बर्गर, फ्राई चिकन, पास्ता, राइस बल, बिरयानी, ट्याकोस, स्याण्ड वीच, चिकन विङ्स, फ्रेन्च फ्राई, नुडल्स, मःम परिकार, कोल्ड कफी, हट कफी, सेक लगायत परिकार उपलब्ध रहेको जैसवालले जानकारी दिए ।

    WhatsApp Image 2024-09-11 at 2.34.05 PM.jpeg

    उद्घाटन कार्यक्रममा युवा नेता विमल पौडेल, कृषि उद्यमी चन्द्रमणि अर्याल, युवा परिषदका कार्यकारी सदस्य सरोज खनाल लगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

    WhatsApp Image 2024-09-11 at 2.34.19 PM.jpeg