२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाउने

बुधवार , भाद्र २६, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • दाङ, २६ भदौ ।
    लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । 
    संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ । 

    आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशक ः उपलब्धी र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको छ । त्यस्तै आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न आह्वान गरिएको छ । 

    असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिनेछ । विभिन्न साँस्कृतिक झाँकीसहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।  

    त्यसै गरी असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।