२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

जन्मदिनमा केक नकाटी जेष्ठ नागरिकसँग दिवा भोजन तथा अनुभव आदानप्रदान

बुधवार , भाद्र १९, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • तिलोत्तमा, १९ भदौ ।
    हिजोआज विभिन्न शुभ कार्यमा केक काट्ने प्रचलन बढेको छ । केक मानव स्वास्थ्यको लागि त्यति हितकर मानिदैन । तथापि प्रयोग भने रोकिएको छैन । केक काटेर भन्दा फरक ढंगले जन्मदिन मनाउन थालिएको छ ।

    जेष्ठ नागरिक मिलन केन्द्र रूपन्देहीका संस्थापक सदस्य तथा केन्द्रका प्रमुख संरक्षक डा.नारायणप्रसाद पन्थ, विपश्यना केन्द्रका सहआचार्य खडानन्द पौडेल र सुवेदार मेजर हितमान पुनको जन्मदिन मनाउने क्रममा मंगलबार केक काट्ने संस्कृतिको विकल्प जेष्ठ नागरिक बुबाआमाहरुसँग अनुभव साटासाट गर्दै दिवा भोजन कार्यक्रम गरेर जन्मदिन मनाइएको छ ।

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समेत उपस्थिति रहेको कार्यक्रममा फरक र सिर्जनात्मक ढंगले जन्मदिन मनाइएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ अर्यालले श्री श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन, पूजा समितिका संयोजक नेत्र प्रसाद ज्ञवाली तथा सञ्चालक टीमलाई बधाईसहित कार्यक्रमको निरन्तरताको शुभकामना गर्दै जन्मदिन मनाउने नयाँ तरिकालाई तारिफ गरेका थिए ।

    उनले जेष्ठ नागरिक बुबाआमासँग यसरी साक्षात्कार गर्न पाउने कार्यक्रम निकै मौलिक भएकोमा उनले खुसी समेत व्यक्त गरे । उनले राज्यले गर्नुपर्ने काम सम्पर्क समाजको अगुवाइमा हुनु अरु समाजहरुका निम्ति पनि अत्यन्तै प्रेरणादायी र अनुकरणीय भएको बताउँदै यी सम्पूर्ण कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिए । 

    उक्त कार्यक्रममा विशेष आतिथ्यता स्वामी श्री रामचन्द्र दासजी, महाराज महामन्त्री श्री अविरल भारतीय सन्त समिति गुजराज भारतको विशेष उपस्थिति रहेको थियो । उनीहरूले मानवीय अमूल्य जीवनमा गर्नुपर्ने सत्कर्मका बारेमा प्रकाश पारेका थिए ।गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना अनुसारका कार्यक्रमको अवलोकन गरेका भन्दै समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

    उक्त कार्यक्रममा एक हप्तादेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएकी प्रवचन कार्यक्रमको सञ्चालकद्वय ब्रह्माकुमारी कृति दिदी तथा ब्रह्माकुमारी कृष्ण बहिनीको समेत उपस्थिति रहेको थियो । 

    केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको सञ्चालन गणेश कंडेलले गर्नुभएको समाजका सदस्य, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा सिद्धार्थ होटल संघ, नेपालका उपाध्यक्ष भोजबहादुर खत्री (भोजेन्द्र) ले जानकारी दिए ।

    WhatsApp Image 2024-09-03 at 7.45.38 PM.jpeg