२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

टाइगर प्यालेस रिर्सोटद्वारा तीन उद्देश्यहरु सार्वजनिक

मंगलवार , भाद्र १८, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, १८ भदौ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिर्सोट नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको छ । यस अवसरमा रिर्सोटले सोमबार कार्यक्रमको आयोजना गरेर तीनवटा महत्वपूर्ण उद्देश्यहरु सार्वजनिक गरेको छ । आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तर्राष्ट्रियस्तरको ख्यातीप्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको जनाएको छ ।  

    पहिलो वर्ष रिर्सोटलाई पूर्ण सञ्चालनका लागि आवश्यक तयारीमा बिताएको व्यवस्थापनले व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने जनाएको छ । त्यसका लागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसँग सहकार्य गरिने व्यवस्थापनले जनाएको छ । नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको अवसरमा सोमबार ‘सेलिब्रेटिङ आवर टाइगर’ शिर्षकमा कार्यक्रम आयोजना गरिएको थियो । 

    रिर्सोटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक लेखकले आन्तरिक वृत्ति विकास अन्तर्गत रिर्सोटले कर्मचारीको क्षमता वृद्धिमा जोड दिने जानकारी दिए । गत वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोमबार विभिन्न विधा अन्तर्गत पुरस्कृत गरिएको उनले बताए । यसका साथै रिर्सोटमा कार्यरत कर्मचारीको व्यक्तिगत, व्यवसायिक, मानसिक र समग्र वृत्ति विकासका लागि वर्षभरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ । 

    रिर्सोटमा अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवा प्रदान गर्न कर्मचारीलाई नियमित तालिम प्रदान गरिने लेखकले बताए । रिर्सोटले सोमबार परिसरमा १ सय विभिन्न जातका विरुवा रोपेको थियो । सीइओ लेखकले रिर्सोटमा कार्बन उत्सर्जन हुने वस्तुको प्रयोग शून्य बनाउने र हरियाली बढाएर वातावरण संरक्षणमा टेवा पुर्याउने बताए । ‘आगामी केही वर्षभित्रै रिर्सोटले कार्बन उत्र्सजन हुने वस्तु शुन्य बनाउँदै लैजानेछौं,’ उनले भने, ‘प्रत्येक वर्ष एक सय विरुवा रोप्नेछौं भने होटलमा विद्युतीय गाडीको मात्रै प्रयोग गरिनेछ ।’

    गैरआवासीय नेपालीको लगानीमा लामो समय बन्द रहेको रिर्सोट एक वर्ष अघि सञ्चालनमा आएको थियो । यस अवसरमा रिर्सोटले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्यलाई जोड दिइने जनाएको छ । ‘स्थानीयसँग मिलेर सरसफाई र स्वच्छताका कार्यक्रम अगाडि बढाइनेछ,’लेखकले भने, ‘समुदायमा स्वास्थ्यसम्बन्धि जनचेतनाका कार्यक्रमसँगै स्थानीयलाई रिर्सोटमा हस्पिटालिटी सम्बन्धि इन्टर्नसीप र तालिमको व्यवस्था गरिनेछ ।’ 

    Tiger (2).jpg