२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

दयानगर सामुदायिक सिकाई केन्द्रद्वारा तीज गीत कार्यक्रम

सोमवार , भाद्र १७, २०८१

  • 610
    Shares
  • 610
    Shares
  • भैरहवा, १७ भदौ ।
    दयानगर सामुदायिक सिकाई केन्द्र (सिएलसी) को आयोजना तथा सियारी गाउँपालिकाको सहकार्यमा तीज गीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर ४ का ८ वटा आमा समुहहरु (नमुना स्वास्थ्य आमा समुह, मनकामना गाउँ आमा समुह, हवल्दार टोल स्वास्थ्य आमा समुह, कालिका गाउँ आमा समुह, विष्णुपुर आमा समुह, प्रगतिशिल जन सेवा स्वास्थ्य आमा समुह, शिवुपुर आमा समुह र सि एल सी समुह) को सहभागीता रहेको थियो । उक्त समूहहरुले आफ्नो संस्कृति झल्किने प्रस्तुति प्रस्तुति गरेका थिए । 

    दयानगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गायत्री न्यौपानेको अध्यक्षता तथा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सियारी–५ का वडाअध्यक्ष धनपति खरेल, सियारी गाउँकार्यपालिका सदस्यद्वय अन्जु रोकाहा र संगीता प्यासी, सियारी–५ का वडा सदस्य नारायण थारु, पब्लिक माध्यमिक विद्यालयका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, समाजसेवी ईन्द्र प्रसाद न्यौपाने, हरि बहादुर थापा, दयानगर सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष राधा पौड्याललगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारू, गाउँ कार्यपालिका सदस्य अन्जु रोकाहा, पब्लिक माविका अध्यक्ष  प्रसाद श्रेष्ठ, समाजसेवी हरि बहादुर थापा लगायतले बोलेका थिए ।
    दयानगर सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष राधा पौड्याललेको स्वागत तथा केन्द्रका अध्यक्ष गायत्री न्यौपानेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    teej (1).jpeg

    केन्द्रका परिचालक दुर्गा तिवारीको सञ्चालनमा सियारी–४, छपियास्थित पब्लिक माविको प्रांगणमा तीज गीत कार्यक्रम सम्पन्न भएको थियो ।